भैरहवा पुगेको जजिराको जहाज फर्कियो काठमाडौं

0
Shares

काठमाडाैं ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ ।

कुवेतबाट आएको जजिरा एयरको जहाज मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पठाइएको थियो ।

साे जहाज अहिले काठमाडौँ फर्किसकेको छ । भैरहवाबाट बिहान करिब ६:५० बजे जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएकाे छ ।