ताम्रकार समाजको अध्यक्षमा विनोद ताम्रकार

0
Shares

ललितपुर ।

ताम्रकार समाजको अध्यक्षमा विनोद ताम्रकार निर्वाचित हुनुभएको छ । ताम्रकार समाजको शनिबार र आईतबार भएको २४ औं भेला तथा १८ औ वार्षिक साधारण सभाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । ललितपुर महानगरपालिका– १९ को दुई पटक वडाअध्यक्ष हुनुभएका ताम्रकार यस समाजको उपाध्यक्ष रहनुभएको थियो।

समितिमा शम्भु गोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, विजय ताम्रकार, मनोज ताम्रकार (नसांः), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगः), सजेश ताम्रकार, निता ताम्रकार चयन रहनुभएको छ ।

सभामा स्वर्ण जयन्तीको अवसरमा स्थापनाकाल देखि हालसम्म समाजको कार्यसमिति, सल्लाहकार, संयोजक रही कार्य गर्नुभएका ३५ जनालाई विशेष सम्मान गरिएको थियो । समाजबाट नवनिर्मित ताम्रकार मंकाः छेँ नामक भवनको समाजका जेष्ठ नागरिक काजीरत्न ताम्रकारले उदघाटन उद्घाटन गर्नुभएको थियो ।