साताव्यापी थाइल्यान्ड भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र परिवार

0
Shares

काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल शाह करिब तीन साताका लागि थाइल्यान्ड जाँदै हुनुहन्छ । त्यसअघि आज सोमबार पूर्व राजा ज्ञानेन्द्रका नाति हृदयन्द्र थाइल्यान्ड जाने कार्यक्रम तय भएको छ ।

बिदा मनाउन नेपाल आउनुभएका हृदयन्द्र आफ्नी आमा हिमानी र दुई दिदी भेट्न थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ मध्यान्ह १२ बजे थाई एयरवेजको विमानबाट थाइल्यान्ड जाँदै हुनुहुन्छ । निर्मल निवास स्रोतका अनुसार आज हृदयन्द्र र असार ३ गते पूर्वराजा र रानी थाइल्यान्ड जान लाग्नुभएको हो । बुहारी हिमानी र नातिनीद्वय पूर्णिका र कीर्तिका अध्ययनको सिलसलामा थाइल्यान्डमै बसोबास गरिरहनुभएको छ ।

ज्ञानेन्द्र परिवार थाइल्यान्ड गएपछि पारस एक्लै निर्मल निवास बस्न लाग्नुभएको हो । ज्ञानेन्द्र परिवार थाइल्यान्डका विभिन्न शहर घुमेर फर्कने कार्यक्रम छ । पूर्वराजाको भ्रमणमा निजी सुरक्षा गार्ड, निजी सचिव सागर तिमल्सिनालगायत केही कर्मचारी साथमा रहने बताइएको छ ।