प्रधानमन्त्री देउवा र लोसपाका नेताबीच बालुवाटारमा भेटवार्ता

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी (लोसपा)का नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष महन्त ठाकुर, राजेन्द्र महतोलगायत नेताहरू सोमबार बिहान बालुवाटार पुगेका हुन् ।

यसअघि लोसपाका नेताहरूले विभिन्न ११ बुँदे मागहरू राखेर प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

आजको भेटवार्तामा तिनै मागहरूको बारेमा कुराकानी भएको श्रोतको भनाइ छ।