नेपालले अमेरिकालाई बराबरीमा रोक्यो



 काठमाडौं । 

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । यसै सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध सानदार ब्याटिङ गरे पनि नेपालले जित पाउन सकेन । यो नतिजापछि नेपालको दुई खेलबाट १ अंक मात्र भएको छ ।

नेपालले जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो र नतिजा टाइट भयो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा पहिलोपटक वानडे अन्तर्राष्ट्रियमा खेलिरहेका आदिल अन्सारीले पाँच रन खर्चिंदै अमेरिकालाई रोकेका थिए ।आदिलले पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलद्वारा क्याच आउट गराए । जोन्स २६ रनमा पभेलिएन फर्कनुपरेको थियो । अन्तिम बलमा २ रनको आवश्यक भएको अवस्थामा एक रन लिएर स्कोर बराबरी ग¥यो । तर, अर्को विजयी रन लिने क्रममा राहुल जरिवाला रन आउट भए र नेपालले नाटकीय रूपमा अंक खोस्न सफल भयो ।

अमेरिकाको ब्याटिङमा स्टिभन टेलरले सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक समेत हो ।उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी बने । अमेरिकाको ओडीआईको इतिहासमा यो पाँचौं शतक हो ।दोस्रो विकेटका लागि कप्तान मोनांक पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकालाई जित नजिक पु¥याएका थिए । पटेल ८५ रनमा ४२औं ओभरको तेस्रो बलमा आउट भएका थिए । उनलाई नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै दोहोरो शतकीय साझेदारी तोडेका थिए ।

यसपछि, ४४औं ओभरमा आदिलको पाँचांै बलमा ठूलो सट खेल्ने धुनमा टेलर सन्दीपबाट क्याच आउट भए ।आदिलले यो विकेटसँगै पहिलो खेलमै आफूलाई स्थापित गरे । उनले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप र सोमपाल कामीले १–१ विकेट हासिल गरेका थिए ।त्यसअघि, हुुस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो । रोहितले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै,आसिफ शेखले ६१ र देव खनालले ५४ रनको अर्धशतकीय इनिङ खेले । रोहितको ओडिआई करिअरको पाँचौं, देव र आसिफको समान दोस्रो अर्धशतक थिए ।

चोटबाट फर्किएका दुवै ओपनर आसिफ र कुशल भुर्तेलले ११.५ ओभरमा ५६ रनकोसाझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । ग्रोइन चोटबाट फर्किएका कुशल ३६ बल खेल्दै १९ रनमा बोल्ड भए । दोस्रो विकेटका लागि देव र आसिफले ६२ रनको साझेदारी गरेका थिए ।देव६९ बलमा ३ चौकासहित ५४ रनमा आउट भए । तेस्रो विकेटका लागि देव र रोहितले ६० रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि रोहित र आदिल अन्सारीले ६५ रनको आक्रामक साझेदारीका साथ विशाल योगफलको आधार तय गरेका थिए ।

अमेरिकाका रस्टी थेरनले ९.२ ओभरमा ५६ रन खर्चेर ४ विकेट लिए । सौरभ नेत्रवालकारले १० ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अली खानले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । निसर्ग पटेल र यासिर मोहम्मदको नाममा १÷१ विकेट रहे ।

 

प्रतिक्रिया दिनुहोस्