नेपाली सेना विष्णु दल गणद्वारा विपद् सम्बन्धी खोजतलास तथा उद्धारकाे पूर्व तयारी अभ्यास

0
Shares

रसुवा । 

जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङको पहिरोमा नेपाली सेना बिष्णुदल गण लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा विपद् सम्बन्धी उद्धारका पूर्व तयारी स्वरूप अभ्यास भएको छ ।

रसुवा पनि पहिरोको उच्च जोखिममा रहेकाले मनसुन सुरू हुनु भन्दा पहिले नै पहिरो को कृतिम घटना अभ्यास गरि पहिरोमा हराइरहेका हरूको उद्धार धन जनको जोहो गर्न डोरी,जुमर,क्याराबिन र ल्याडरको साहायताले उद्धार गरि सुरक्षित स्थानमा लैजाने कार्य भएको विष्णु दल गणका गणपति नरेश केसीले जानकारी दिनुभयो । अभ्यास मा र्‍याप्लिङ,होरिजेन्टल रोप वृज र हाईलाईन रेस्क्युको बारेमा समेत अभ्यास गरिएको थियो ।

उक्त अभ्यास कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारी,प्रमुख जिल्ला अधिकारी नवराज जैसी,विष्णु दल गणका गणपति नरेश केसी,सशस्त्र प्रहरी बल का प्रमुख लव सापकोटा,नेपाल प्रहरी प्रमुख, कोलेनिका प्रमुख नापी,आयुर्वेद का प्रमुख,नागरिक समाज तथा रेडक्रस का अध्यक्ष बाबुलाल तामाङ, जिल्ला अस्पताल का डक्टर ,सञ्चारकर्मी लगायत स्थानीय वासीहरूको सहभागिता रहेको थियो । खोजतलास तथा उद्धार सम्बन्धी कृतिम घटना अभ्यास को नेतृत्व नेपाली सेना विष्णु दल गणले गरेको थियो ।