श्रमिकको हक अधिकारबारे बजेटमा केही छुटेका भए कुनै न कुनै रूपमा सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सरकार कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै दाबी गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा देउवाले विभिन्न विषयमा कांग्रेस नेता कार्यकर्ताले दाबी गर्न नमिल्ने बताएका हुन् ।

‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भने, ‘यो नबुझिकन तपाईंहरूले क्लेम गर्ने कुरा छैन ।’ उनले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने विश्वास दिलाए । सम्मेलन सोमबारसम्म चल्ने छ ।

उनले २००३ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा स्थापित नेपाल ट्रेड युनियन महासंघले श्रमिकका हकअधिकारबारे धेरै काम गरेको बताए । देउवाले अहिलेको आर्थिक परिस्थिति रुस–युक्रेन युद्धले सिर्जना गरेकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्