एमाले सचिवालय बैठकमा तय गरिएका तीन एजेण्डा के-के हुन् ?



कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय कार्यालयको बैठकमा तीन एजेण्डा तय गरेको छ ।

भोलि (सोमबार) बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो ।

कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण गरी तीन एजेण्डा तय गरेको सचिव गोकर्ण विष्टले जनाकारी दिए ।

एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ ।

एमालेका नेताहरुले बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाएको थियो ।

त्यसैगरी निर्वाचन भयरहित नभई धाँधली र बुँद कब्जा गरी गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्