संसदबाट एमसीसी पास गर्नुले देशको आर्थिक संकट गहिरिँदै गएको प्रेम सुवालको टिप्पणी



कठमाडौं । केही महिना पहिले संसद्बाट एमसीसी पास गरे पश्चात् देशको आर्थिक संकट गहिरिँदै गएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले टिप्पाणी गरेका छन् ।

आज (आइतबार) संसद् बैठकमा बोल्दै सुवालले यस्तो लटिप्पणी गरेका हुन् ।

आर्थिक विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद सुवालले एमसीसी सम्झौता संसदबाट पारित गरे पश्चात् नेपालमा महँगी बढेको बताए ।

उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसविरुद्धमा संयुक्त राष्ट्रसंघमा मतदान गराएपछि नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्यसमेत बृद्धि भएको बताए ।

सुवालले भने, ‘देउवा सरकारले रुसविरुद्ध मतदान नगरेको भए नेपाललाई रुसले तेल र ग्याँस भारतलाई जस्तै अन्तर्राष्ट्रिय बजार मूल्यको एक तिहाइभन्दा कम मूल्यमा दिने थियो ।

यो कूटनीतिक असफलता हो प्रधानमन्त्री शेरबहादुर देउवाको ।’

प्रतिक्रिया दिनुहोस्