निजगढ विमानस्थलबारे मन्त्री आलेको आक्रोश- दाँत फुकालेर एयरपोर्ट बन्छ ?



काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि कम बजेट छुट्याएको प्रति आपत्ति जनाएका छन् ।

आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले अर्थ मन्त्रालयले निजगढ विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा कम रकम छुट्याएको भन्दै गुनासो गरे ।

‘आज कतिपय मन्त्री साथीहरुले निजगढ एयरपोर्ट बन्छ भनेका छन्, मन्त्री आलेले भने, ‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । २६ करोड रुपैयाँमा बन्छ ? तर हामीले २६ करोड बजेट पाएका छौं। के दाँत फुकालेर गर्ने ? दाँत फुकालेर एयरपोर्ट बन्छ ?”

मन्त्री आलेले निजगढ विमानस्थलमा रोक लगाउने फैसला गरेर न्यायपालिकाले कार्यपालिकामा हस्तक्षेप गरेको बताए ।उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियामा अहिलेसम्म ३ खर्ब र सो विमानस्थलाई जोड्ने काठमाडौं–मधेश फास्टट्रयाकका लागि २ खर्ब खर्च भइसकेको बताए।

मधेसलाई राजधानीसँग जोड्न नचाहने गरी सर्वोच्चको फैसला आएको भन्दै मन्त्री आलेले मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको आरोपसमेत लगाए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्