विद्युत प्रसारण लाइनमा झुन्डिएका व्यक्तिको ९ घण्टापछि उद्धार

0
Shares

काठमाडौँ ।

नुवाकोटको ककनी गाउँपालिका -७ स्थित त्रिशुली ‘थ्रि ए’ को प्रशारण लाइनमा चढेका व्यक्तिको ९ घण्टापछि उद्धार गरिएको छ। आज बिहान १० बजेदेखि प्रशारण लाइनमा चढेर हिँडेका बेलकोटगढी नगरपालिका- १३ घलेगाउँका ४४ वर्षीय माइला बिककाे साँझ सेनाको उद्दार टोलीले हेलिकप्टरबाट उद्धार गरेकाे हाे ।

बिक शनिबार बिहानै प्रशारण लाइनमा चढेका थिए । उनलाई तारबाट झार्न स्थानीय वासिन्दा र नेपाल प्रहरीले प्रयास गरेपनि तल झार्न सकेका थिएनन् । उनी तरमै हिडीरहेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सेनालाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिएपछि सेनाको उद्दार टोलीले उनको सकुशल उद्दार गरेको हो।

अहिले उनलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ ।