जिल्ला समन्वय समिति रसुवाको सभापतिमा एमालेका असोक घिमिरे

0
Shares

रसुवा ।

शनिबार भएको जिल्ला समन्वय समिति रसुवाको निर्वाचनमा नेकपा एमालेका अशोक घिमिरे सभापति भएका छन्। उपसभापतिमा एमालेकै विजय लामा निर्वाचित भएका छन् । नौ सदस्यीय पदका लागि भएको निर्वाचनमा मत बराबरी भएपछि गोला प्रथा गरिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार समितिका सदस्यहरूमा एमालेका खुवा प्रसाद पौडेल,कामी छिरिङ तामाङ नेपाली कांग्रेसका खिल प्रसाद न्यौपाने, महिला सदस्यमा एमालेबाट देशिरानि तामाङ,काग्रेस कि कारतोक लामा र सविता गुरूङ निर्वाचित भएका छन्। दलित तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसकै पार्वती विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष र उपाध्यक्षले मात्रै मतदान गर्न पाउने भएकाले मत बराबर आएपछि गोलाप्रथाद्वारा कार्य समिति चयन गरिएको बताईएको छ ।

पाँचवटा गाउँपालिका रहेको रसुवा जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले पाँच – पाँच सिट जितेका थिए ।