पर्वत जिसस प्रमुखमा एमाले र उपप्रमुखमा गठबन्धन निर्विरोध

0
Shares

पर्वत ।

जिल्ला समन्वय समिति पर्वतमा प्रमुखमा नेकपा(एमाले) र उपप्रमुखमा गठबन्धनका उमेदवार निर्विरोध निर्वाचित भएका छन ।
नेकपा(एमाले) र गठबन्धनका बिचमा सहमति भएपछि प्रमुख, उपप्रमुख र सदस्य सबै निर्वीरोध निर्वाचित भएका हुन । प्रमुख पदमा नेकपा(एमाले)का बिष्णुराम बिक र उपप्रमुखमा गठबन्धनको तर्फबाट माओबादी केन्द्रका सोम जिसी बिजयी हुनुभएको छ ।

सदस्य पदमा नेकपा(एमाले)का तर्फबाट दर्शन घले, गिता सुनार र केशुकुमारी सुबेदी तथा नेपाली कांग्रेसबाट बिजय क्षेत्री, निर्मला रेग्मी र सिता समुन्द्रीया तथा माओबादी केन्द्रका तर्फबाट हिमलाल पैनी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जानकारी दिएको छ । सबै पदमा एक जनाको मात्र उमेदवारी परेका कारण उहाँहरु निर्विरोध निर्वाचित भएको कार्यालयले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिमा एमाले र गठबन्धनका बिचमा समान ७ मत रहेका कारण सर्वसम्मत उमेदवारी दिने सहमति भएको थियो ।

सात पालिका रहेको पर्वतमा एमालेले दुई प्रमुख र ५ उपप्रमुख सहित ७ स्थानमा जितेको थियो भने नेपाली कांग्रेसले ५ प्रमुख तथा नेकपा माओबादी केन्द्रले २ उपप्रमुख सहित गठबन्धनले ७ स्थानिय तहमा जित निकालेका थिए । समन्वय समितिमा बराबर मत हुँदा सहमति अनुसार प्रमुख र उपप्रमुखको टुंगो लगाउने क्रममा गोलाप्रथा हँदा एमालेको भागमा प्रमुख र गठबन्धनलाई उपप्रमुख परेको थियो । प्रमुख पाउने पक्षले तीन सदस्य तथा उपप्रमुख पाउने पक्षले ४ सदस्य पाउने गरि सहमति भएको थियो ।

जिल्लामा सहमतिको राजनैतिक वातावरण बनाउने तथा सहकार्यको सिद्धान्तलाई ब्यबहारमा अगाडी बढाउनका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको प्रतिकृया राजनैतिक दलका नेताहरुले दिएका छन ।