उत्तरी हुम्लामा पाठ्यपुस्तक अभाव

0
Shares

 हुम्ला  । 

पाठ्यपुस्तक अभावले हुम्लाका उतरी सिमकोट र नाम्खा गाउँपालिकामका विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र शुरू भएर विद्यालयहरू खुलेको तीन महिनाभन्दा बढी हुँदा पनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तकको अभाव झेलिरहेका छन् ।

हुम्लाका सातवटा गाउँपालिकाका अधिकांश विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरू कलम, कापी र झोला बोकेर विद्यालय धाउन थालेका छन्  । विद्यार्थी विद्यालय जाँदा चाहिने पाठ्यपुस्तक हो तर विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक भने सम्बन्धित निकायले पु¥याउन सकेको छैन ।विद्यालयमा पठनपाठन थालनी भएसँगै राज्यले विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनुपर्ने हो । नाम्खाको रहेको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक नहुँदा पढाइमा समस्या आएको गुनासो गरेका छन् । पाठ्यपुस्तकको अभावमा पठनपाठनको काम अघि बढाउन मुस्किल भएको शिक्षकहरू बताउँछन् ।

मानसरोवर माध्यमिक विद्यालयका शिक्षक राज रावतले पुराना पाठ्यपुस्तकको जोहो गरेर पठनपाठन गराइराखेको बताउनुभयो । हुम्लामा २ सय ५१ सामुदायिक विद्यालय छन् । पाठ्यपुस्तक विक्रेतालाई सोधीखोजी गर्दा स्थानीय तहको चुनावका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी पाइने गरेको स्थानीय तहको भनाइ छ ।निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम कम भएको भन्दै समयमा पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले प्रतिक्रिया दिनुभयो ।

उहाँले कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगन्जसम्म आइपुगेको भए पनि ढुवानीका कारणले रोकिएको बताउनुभयो । अबको एक दुई दिनमा समन्वय गरेर जिल्लामा ल्याउने उहाँको भनाइ छ । सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा रोकायाकै छ । यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन् र त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ ।दक्षिणी हुम्लाको चारवटा गाउँपालिकाका केही विद्यालयमा पुस्तक पुगिसकेको र केहीमा आउने क्रम जारी रहेको मानदेव शाहीले बताउनुभयो । ताँजकोटमा १७ विद्यालय, अदनचुलीमा १९, सर्केगाढ ३३ र चंखेली गाउँपालिकामा २४ वटा सामुदायिक विद्यालय रहेको शाहीले बताउनुभयो ।