हजुरीको पराकाष्ठा : एमालेबाट निर्वाचित मेयरको कार्यकक्षमा ओलीको फोटो टाँस

पूर्वप्रधानमन्त्री वा कुनै पनि पार्टीका अध्यक्षको फोटो टाँसिदैन

0
Shares

काठमाडौं । नेकपा (एमाले)बाट निर्वाचित भिमाद नगरपालिकाका मेयर दधिराम सुवेदीले आफ्नो कार्यकक्षमा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको फोटो टाँस गरेका छन् । सुवेदीले आफ्नो कार्यकक्षको पछाडि पट्टी प्रष्ट देखिने गरी ओलीको फोटो टाँस गरेका हुन् ।

मेयर सुवेदीको कार्यकक्षमा क्रमशः माथिबाट राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो टाँस गरिएको छ ।

सरकारी कार्यालयमा विगतदेखि नै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको फोटो टाँस गर्ने प्रचलन छ । तर, पूर्वप्रधानमन्त्री वा कुनै पनि पार्टीका अध्यक्षको फोटो टाँसिदैनथ्यो ।

उनको यो कार्यलाई कतिपय राजनीतिक दलले हजुरी, ढोंगी र पाउमोलीको संज्ञा दिएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भिमाद नगरपालिकामा सुवेदी एमालेबाट निर्वाचित मेयर हुन् ।