बैकल्पिक राजनैतिक शक्ति के गर्दैछन् ? आम निर्वाचनको तयारी के छ ?

0
Shares

काठमाडौं ।

नेपालमा बैकल्पिक राजनैतिक शक्तिहरु छेद बिच्छेद भएका छन् । उज्ज्वल थापाले नेतृत्व गरेको विवेकशील दल र बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी अस्तित्वमा छैनन् ।

नेपालमा बैकल्पिक राजनीतिको सुरुवात विवेकशीलको नाममा उज्ज्वल थापाले चलाएका थिए भने बाबुराम भट्टराईले संविधान बनेपछि नयाँ शक्ति पार्टीको स्थापना गरेका थिए । उज्ज्वल थापा हाम्रा माझ सधैंको लागी बिदा भैसकेका छन् । बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष छन् । नेपालमा बैकल्पिक राजनीतिको आवश्यकता छ भनेर अगाडि आएका दल र नेताहरूमा पनि पुरानै रोग देखिन्छ । पार्टी फुटाउने देखि एकले अर्कालाई निषेध गर्ने गलत राजनैतिक परम्परा बाट बैकल्पिक शक्तिहरु अछुतो रहन सकेनन् ।

विवेकशील दल र साझा पार्टी मिलेर बनेको विवेकशील साझा पार्टी बिभाजनको अवस्थामा छन् । पार्टीका अध्यक्ष रबिन्द्र मिश्रले मिलन पाण्डे लगाएतका नेताहरूलाई कार्वाही गरेका थिए, स्थानीय तहको निर्वाचनमा पार्टी नराम्ररी पराजित भएको भन्दै भर्खरै मात्र रबिन्द्र मिश्रले पार्टी अध्यक्ष बाट राजीनामा दिइसकेका छन् । यद्यपि अब विवेकशील साझा पार्टी कसरी अगाडि बढ्छ भन्ने कुरामा दुबै पक्ष अन्यौलमा छ ।

पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी पनि अस्तित्वमा छैन । बाबुरामले तत्कालीन संघीय समाजवादी फोरम र राजपा सङ एकीकरण गरेर जनता समाजवादी पार्टी निर्माण भएको छ । जनता समाजवादी पार्टी पनि दुई टुत्रा भएर अर्को नयाँ दल लोसपा निर्माण भएको छ ।बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि फुटको संघारमा छ ।

बाबुराम भट्टराई पुरानै बाटोमा फर्किएको भन्दै नयाँ शक्ति पार्टीको नेतृत्व रवि किरण हमालले गरेका थिए । रवि किरण हमालले नेतृत्व गरेको नयाँ शक्ति पार्टी पनि स्थानीय तहको निर्वाचन अगावै विघटन भैसकेको अबस्था छ ।बस्थानीय तहको निर्वाचनमा काठमाडौं , धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारहरुको बिजयले बैकल्पिक राजनीतिमा लागेकाहरु उत्साहित भएका छन् । दिनहुँ आम निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल बहस भैरहेका छन् ।

राजधानीका विभिन्न ठाँउमा आयोजित भेलामा तथा छलफलहरुमा आगामी संसदीय चुनावको उपयोग कसरी गर्ने भन्नेबारे स्वतन्त्र अभियन्ताबीच दुई लाइन देखा परिरहेको छ ।नयाँ पार्टी बनाएर स्पष्ट विचार र राजनैतिक कार्यक्रम सहित देशभर निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने एक खालको लाइन छ भने स्वतन्त्र उम्मेदवारी दिएर अगाडि जानुपर्छ अर्को लाइन ।

सर्वेन्द्र खनाल , रमेश खरेल , सुदिप श्रेष्ठ , हेमराज थापा, बब्लु गुप्ता लगाएतका पात्रहरू पनि आम निर्वाचनमा भाग लिने तयारीमा छन् । डम्बर साहुले छुट्टै स्वतन्त्र उम्मेदवारी अभियान चलाइरहेका छन् । बैकल्पिक राजनैतिक शक्तिका अगुवाहरू कसरी आम निर्वाचनमा जान्छन् हेर्न बाकी छ ।