गैसस सन्चालन र व्यवस्थापन सम्बन्धि अन्तक्रिया

सरकारले कर र अनुदानमा दुख दियो

0
Shares

काभ्रे ।

जिल्ला प्रसासन कार्यालय काभ्रेको आयोजनामा गैरसरकारी सस्था महासघ काभ्रेको सम्योजनमा गैर सरकारी सस्था सन्चालन तथा ब्यबस्थापन सम्बन्धि एक दिने अन्तर्कृया कार्यक्रम आयोजना गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा कृयाशिल गैरसरकारी सस्थाहरुको अवस्था र जिल्लामा गरिरहेका कामहर्लाई प्रभावकारी बनाउन अन्तर्कृया कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनु भयो ।

सघिय सरचना अनुसार स्थानीय सरकार सगको समन्वयमा गैरसरकारी सस्थाहरुले गरिरहेका योजनाहरुलाई दिगो बिकास र समृद्धिका लागि साझेदारी, सामाजिक रुपान्तरण र सुशासनका लागि खेलेको भुमिकाका सन्दर्भमा आगामी दिनमा अझै प्रभावकारी बनाउन तीन तहका सरकार, सरोकारवाला निकायहरु बिचको समन्वय आवश्यक रहेकोे सहभागीहरुले बताए ।

 

कार्यक्रम गैरसरकारी सस्थाहरुले गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो । गैरसरकारी सस्थाका सस्थापक शखबुद्द लामाले सरकारले गैससलाई हेर्ने दृस्ठिकोण फरक भएकोले लोकतन्त्र प्राप्ति पछि असहयोग भएको बताउनु भयो । कर तथा अनुदान प्राप्तिमा सरकारले दिएको हैरानीबाट गैसस सकटमा परेको सहभागीले बताए ।

कार्यक्रममा प्रजिअ हुमकला पान्डे, सहायक प्रजिअ अमरदिप सुनुवार, जिल्ला समन्वय अधिकारी भिमप्रसाद भट्टराई, गैसस काभ्रेका अध्यक्ष टोम प्रसाद सापकोटा, जिल्ला स्थित कार्यालयका प्रमुख तथा गैससकर्मिहरुको सहभागिता रहेको थियो ।