नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनविरुद्धको खेल नेपाली राष्ट्रिय फुटबल टिमका लागि निकै महत्वपूर्ण भएको बताएका छन् ।
एएफसी एसियन कपका लागि तेस्रो चरणको छनोटअन्तर्गत जोर्डनविरुद्ध खेल्नुअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले यस्तो प्रतिकृया दिएका हुन् ।
‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ । भोलिको खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ,’ अल्मुताइरीले भने ।
‘हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् भोली के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौं । हामीले जोर्डनलाई रोक्न सक्यौं भने त्यसपछि कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं ।’
हाल नेपाली टोलीमा २३ खेलाडीसहित नौ अफिसियल छन् । छनोटमा नेपालले जेठ २५ गते जोर्डन, २८ गते घरेलु टोली कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।
यस्तै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले राम्रो खेल्दै नजिता आफ्नो पक्षमा पार्न हरप्रयास जारी राख्ने बताए ।
नेपाल र जोर्डनबीचको खेल भोलि राति स्थानिय समय अनुसार सवा १० तथा नेपाली समय अनुसार १ बजे हुनेछ ।
प्रतिक्रिया