युुवा संघको उपद्रो : यात्रुका सवारी साधनको साँचो खोसेर आफ्नो खल्तीमा, प्रहरीमाथि ढुंगामुढा प्रहार



काठमाडौं । नेकपा (एमाले)निकट भातृ संगठन युवा संघको प्रदर्शनका क्रममा उपद्रो मच्चाएका छन् । अनाहकमा यात्रुका सवारी साधनको साँचो खोसेर उनीहरुले उपद्रो मच्चाएका हुन् ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले बानेश्वरमा प्रर्दशन गरेको हो । सडकमा यात्रुहरुले गुडाउँदै गरेको सवारी साधनको साँचो जबर्जस्ती खोसेपछि अवस्था तनावग्रस्त बनेको हो । यही अवस्थामा प्रर्दशनमा उत्रिएका युवा संघका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि दोहोरो झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस्