यातायात विभागले भन्यो- साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य हुँदैन



काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्ने बताएको छ । साउन १ गतेभित्रै अनिवार्य जडान गरिसक्नु पर्ने भनिए पनि त्यसको व्यापक आलोचना भएपछि उक्त विभागले इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्ने बताएको हो ।

आज (मंगलबार) विभागले ५ पाना विज्ञप्ति प्रकाशन गर्दै आफूहरुको आशय साउन १ गतेबाट सबैलाई अनिवार्य गर्ने भनेको नभई पहिले नै शर्त तोकिएका निकायहरुले इम्बोस्ड नम्बर जडान गरे कि गरेनन्, त्यस सम्बन्धमा मात्रै अनुगमन गर्ने भनेको बताउँदै आफ्नै पहिलेको सूचनाको खण्डनसहित बचाउ गरेको छ ।

विभागले आफ्नो विज्ञप्तिको सुरुवातमै माफी माग्दै तत्कालका लागि सबैलाई अनिवार्य गरिएको नभई पहिले नै बाध्यकारी बनाएको सरकारी निकाय लगायतलाई मात्रै अनुगमन गर्न खोजिएका स्पष्ट पारेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्