बाँके ।
विगत एक वर्षदेखि सामाजिक सञ्जाल फेसबुकमार्फत् १७ वर्षे किशोरको प्रेममा परेकी १६ वर्षीया बालिका प्रेमीसहित सात व्यक्तिबाट बलात्कृत भएकी छन् । स्थानीय थारू परिवारकी ती किशोरीमाथि यौन हिंसा गर्नेहरू सबै नै औषत २५ वर्ष उमेर समूहका छन् ।
पीडित बालिकालाई प्रहरीले घटनाको भोलिपल्ट आइतबार बेहोस अवस्थामा नियन्त्रणमा लिएको र सोही दिन अभियुक्तहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रेमीको बहाना गर्ने बलात्कारी किशोरका अनुसार उनीहरूबीच गत एक वर्षदेखि फेसबुकमा चिनजान भएको हो । कुराकानी हुँदै जाँदा दुवै जना नजिकिए । प्रेम बस्यो ।जेठ २१ गते अपरान्ह ४ बजे प्रेमी बनेका किशोरले किशोरीलाई आफ्नो जन्मदिन छ भनेर भेट्न बोलाए । किशोरी प्रेमिकालाई भेट्न बर्दियाको सिमानामा पर्ने मानखोला नजिक पुगिन् ।
उनलाई त्यहाँबाट नजिकैको जंगलमा लगियो । जन्म दिनको पार्टी भन्दै सबैले मदिरा खाए । पार्टीमा अरू ५ जना युवा थिए । किशोरीलाई पनि मदिरा खुवाइयो । साँझ ६ देखि राति १२ बजेसम्म मदिरा खाएर प्रेमीसहित ६ जनाले किशोरीमाथि सामूहिक बलात्कार गरे । किशोरी बेहोस भइन् । उनी होसमा आएपछि त्यहाँबाट बैजनाथ लगियो जहाँ विक्रान्त थारूको बंगुरपालन गर्ने टहरा थियो । टहरामा लगेर थारू र उनका साथीले बेहोस अवस्थाकी बालिकामाथि फेरि बलात्कार गरे ।२२ गते अपराह्न ४ बजे पीडितलाई घर पु¥याउन मोटरसाइकलमा बसाइयो । विश्वनाथ थारूले चलाएको भे३प ३५२७ नम्बरको मोटरसाइकलमा बीचमा बेहोस किशोरीलाई राखेर उनलाई थेग्न पछाडि प्रेमी किशोर बसे ।खजुरा–५ मा रहेको प्रतीक्षालय चोकमा प्रहरीको चेकिङ थियो । एउटा मोटरसाइकलमा तीन जना बसेकाले प्रहरीले केरकार ग¥यो । त्यस क्रममा किशोरी लठ्ठिएको प्रहरीले देख्यो । तिनै जनालाई प्रहरी चौकीमा ल्याएर सोधपुछ गर्दा घटना बाहिर आयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसूदन न्यौपानेले किशोरीलाई दुई ठाउँमा लगेर सात जनाले बलात्कार गरेको जानकारी दिनुभयो । प्रहरीले विभिन्न ठाउँबाट सबै जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हेमराज थारू, निराजन थारू, विक्रान्त थारू, प्रवीण थारू, राजकुमार थारू, विश्वनाथ थारू र निर्देश थारू रहेका छन् ।यस अपराधको बारेमा विस्तृत अनुसन्धान भइरहेको जानकारी गराउँदै प्रहरीले अनुसन्धान सकिएपछि मुद्दा दर्ता हुने जनाएको छ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको गत वैशाख महिनासम्म करिब ३०० महिला तथा बालिका बलात्कारको शिकार भएको भयानक तस्वीर प्रहरी प्रधान कार्यालयस्थित महिला विभागले प्रस्तुत गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा १० वर्षमुनिका ४१ बालिका बलात्कारको शिकार भएका छन् भने, ११ देखि १६ वर्ष उमेर समूहका ११० बालिका यस दुव्र्यहारका मारमा परेका छन् ।
यसै गरी १७ देखि १८ वर्ष उमेर समूहका ४९ किशोरी र १९ देखि २५ वर्ष उमेर समूहका ४१ म्हिलाले यो यौन हिंसा भोग्नुपरेको तथ्यांकले देखाउँछ । ३६ देखि ५९ वर्ष उमेर समूहका ६१ महिलामाथि बलात्कार भएको र यस प्रकारको अपराधको शिकार हुने सबैभन्दा ठूलो परिमाण १० वर्षदेखि १६ वर्ष उमेर समूह रहेको अभिलेखले देखाएको छ ।फौजदारी आचारसंहिताअनुसार १४ वर्षदेखि १६ वर्ष उमेर समूहका व्यक्तिको बलात्कार गर्ने अपराधीलाई १२ देखि १६ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यस्तै १६ देखि १८ वर्षको व्यक्ति बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुने र १८ वर्ष वा माथिको व्यक्तिमाथि बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । बलात्कारी स्वयं नाबालिग भएमा भने निजलाई सुधारगृहमा राखी सीमित सजाय गरिने प्रावधान कानुनले व्यवस्था गरेको छ ।











प्रतिक्रिया