सामाजिक कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना

0
Shares

काठमाडौं ।

पं. नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पं. नवराज पौडेलको जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो ।

आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरूप्रति सम्मान तथा समाजका लागि यथाशक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको जनाइएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुवा पं.नवराज पौडेल तथा आमा शारदादेवी पौडेलले दिएको संस्कार, शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए ।

उनले पं. नवराज पौडेलले सनातन धर्म, संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको उल्लेख गरे । बटुकहरूद्वारा स्वस्तीवाचन तथा विशिष्ट अतिथिहरूबाट पानसमा सामूहिक दीप प्रज्वलन तथा पं.नवराज पौडेलको तस्बिरमा माल्यार्पण गरी समाजको विधिवत् उद्घाटन गरियो ।