वातावरण दिवस : भक्तपुरमा पोखरीको सरसफाइ


भक्तपुर ।

विश्व वतावरण दिवसको अवसरमा आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर(१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएको छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए ।

काठमाडौं उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रुपमा रहेको बताउँदै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।