नेपाली व्यावसायी अर्याललाई अमेरिकी मानार्थ विद्यावारिधि

0
Shares

स्यानफ्रान्सिस्को ।

लामो समयदेखि रियल स्टेट  व्यावसायमा संलग्न नेपाली युवा व्यावसायी अनिलबाबु अर्यालले क्यालिफोर्नियाको ओकल्याण्डस्थित लिंकन युनिभर्सिटीवाट मानार्थ विद्याावारिधि पिएचडी उपाधी हासिल गरेका छन् ।

व्यावसायी अर्यालले नेपाली समुदायमा रियल स्टेट व्यावसाय मार्फत नेपाली समुदायमा पुर्याएको योगदान र सहयोगको कदर स्वरुप सो पिएचडी उपाधी दिइएको युनिभर्सिटीले जनाएको छ ।

हरेक विधामा उत्कृट योगदान पुर्याउनेहरुलाई सो युनिभर्सिटीले पिएचडीको उपाधी प्रदान गर्दै आएको छ । विजनेश एडमिनिष्ट्रेशनमा मानार्थ पिएडी उपाधी प्राप्त गर्ने अर्याल पहिलो नेपाली व्यावसायी हुन । अमेरिकाको होम स्न्याप कम्पनीले गरेको सर्वेक्षणको टप फाइप प्रतिशतूमा अर्यालको नाम प्रकाशित भएको थियो ।

सोही आधारमा लिंकन युनिभर्सिटीले उनलाई विद्यावारिधीको लागि छनौट गरेको थियो । पिएचडी उपाधी पाउनु गौरवको विषय भएको बताउदै ब्यावसायी अर्यालले आफूलाई यसवाट थप उत्साह र प्रेरणा मिलेको बताए । यो मेरो व्यक्तिगत सफलता मात्र नभई नेपाल र नेपाली समुदायको कदर र सम्मान पनि हो, नेपाली समुदायको निम्ति अझ धेरै काम गर्ने प्ररणा मिलेको छ, अर्यालले भने । युनिभर्सिटी अफ स्यानफ्रान्सिस्कोका सहप्राध्यापक डा टीका लम्सालले नेपाली व्यावसायीलाई युनिभर्सिटीले डक्टरेट डिग्री प्रदान गर्नु ब्यक्तिको मात्र नभई नेपाली समुदायको लागि निकै खुसि र गौरवको विषय भएको बताए ।

सन् १९८७ मा गोरखामा जन्मेका अर्याल उच्च शिक्षा अध्ययनको लागि २००७ मा अमेरिकाको पश्चिम भर्जिनिया आएका थिए । उनले त्यहाँको माउण्टेन युनिभर्सिटी र पछि क्यालिफोर्निया स्टेट युनिभर्सिटी इष्टवेवाट वायोकेमेष्ट्री र विजनेश एडमिनिष्ट्रेशनको अध्ययन पुरा गरेका गरेका थिए । सन् २०१६ देखि रियलस्टेट व्यावसायमा संलग्न अर्याल क्यालिफोर्नियामा सफल र नेपालीहरुविच लोकप्रिय युवा व्यावसायीको रुपमा परिचित छन् । उत्कृट ब्यावसायी भएवापत उनलाई सन् २०२१ मा इष्ट बे एशोसिएसन अफ रियल्टर्सले गोल्ड क्लव अवार्ड र सन् २०१८ २०२० टप प्रोड्युसर अवार्डवाट पुरस्कृत गरेको छ । अर्याल विगत ७ वर्षदेखि रियलस्टेट ब्यावसायमा संलग्न छन् ।