चीनमा अध्ययनरत मेडिकल विद्यार्थीहरु अध्ययन निरन्तरताका लागि पुनः चीन जान पाउने



काठमाडौँ ।

काठमाडौँ। कोरोना महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थीहरु अध्ययन निरन्तरताका लागि पुनः चीन जान पाउने भएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो । त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ ।

फर्किने सूचीमा परेका विद्यार्थीहरुले अविलम्ब निवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्