किशोरी बलात्कार गरेको आरोपमा पौडेल पक्राउ



पाल्पा ।

१९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय वीरबहादुर पौडेल क्षेत्रीलाई बुधवार पक्राउ गरेको छ ।
आरोपितले पीडितलाई मंगलवार साँझको समयमा बलात्कार गरेको भन्दै पीडित महिलाले बुधवार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आफुहरु दुबै जना सोही क्षेत्रमा मजदुरी गर्दै आएको र रातिको समयमा नजिकैको प्रतिक्षालयमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ ।

आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक गौतम बोहोराले बताए ।

 

प्रतिक्रिया दिनुहोस्