चिकित्सा शिक्षामा शुल्क वृद्धि


काठमाडौं । 

नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो । यो शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपियाँ र उपत्यकाबाहिर ४५ लाख ९५ हजार ७ सय २१ रुपियाँ पुगेको आयोगले जनाएको छ । बीडीएसको शुल्क २० लाख ९२ हजार २ सय ८४ रुपियाँ पुगेको छ ।

त्यसै गरी बीएससी नर्सिङको लागि १० लाख ३६ हजार, बीएएमएसको ११ लाख ३१ हजार ९ सय ३३, बीएनएस एन्ड पीबीएनको ५ लाख १८ हजार, बीपीटी, एमएलटी, बीएससी, एमआईटी, बीएससी मेडिकल माईक्रोबायोलोजी बायोकेमेस्ट्रीको ७ लाख ७७ हजार र बी फर्मा बीपीएच बीओपीटीएम बीएएसएलएपीको ७ लाख ७७ हजार रुपियाँ शुल्क तिर्नुपर्नेे आयोगले जनाएको छ ।