तारा एयर दुर्घटना अपडेट : पोस्टमार्टम सकियो, आज परिवारलाई शव बुझाइने

0
Shares

काठमाडौं ।

तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आज (विहीबार) परिवारलाई हस्तान्तरण गरिने भएको छ । मृतक २२ जनाकाे शव पोष्टमार्टमकाे काम सकिएपछि आज परिवारलाई हस्तान्तरण गरिने भएको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट शव परिवारलाई बुझाइनेछ । दुर्घटनामा मृत्यु भएकाको शव सोमबार र मंगलबार दुई चरणमा नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १६ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको मृत्यु भएको हो ।