कात्तिकमा प्रतिनिधिसभाको निर्वाचन गर्न सत्ता गठबन्धनमा प्रस्ताव

0
Shares

काठमाडौं । 

स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको विषयमा छलफल शुरू भएको छ ।सत्ता गठबन्धनमा कात्तिक अन्तिम सातादेखि मंसिर अन्तिमसम्म संघ र प्रदेशको निर्वाचन गर्ने विषयमा छलफल शुरू भएको छ ।

सत्ता गठबन्धनमा मितिको विषयमा सहमति जुटेसँगै सरकारले दलहरूबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा मिति तोक्नेछ ।संविधानअनुसार मंसिरमा कार्यकाल सकिने भए पनि मंसिरमा मौसमका कारण बाधा पुग्ने भएकाले कात्तिक अन्तिम साता नै उपयुक्त हुनेमा सत्ता गठबन्धन दलबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे एकसरो छलफल भएको बताउँदै सहमतिमा नपुगेको बताउनुभयो । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा निर्वाचनबारे सामान्य छलफल शुरू भए पनि नेताहरूको मिश्रित जवाफ आएको बताउनुभयो । ‘अवधि सकिनुअगावै निर्वाचन गर्न मंसिरअघिको समय उपयुक्त हुन्छ भन्ने छलफल शुरू भएको छ’ –खनालले भन्नुभयो ।