बर्दियामा १२ वर्षीया बालिलाई बलात्कार गर्ने ६१ वर्षीय पुरुष पक्राउ


बर्दिया ।

बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।