यात्रुवाहक बस दुर्घटनामा पाँचको मृत्यु, तेह्र जना घाइते

0
Shares

एजेन्सी।

दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिकै यात्रुवाहक एउटा बस पल्टिँदा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ गइरहेको थियो । घाइते अधिकांश यात्री सिन्धका विभिन्न शहर र पूर्वी पञ्जाब प्रान्तका बासिन्दा हुन् ।

उचित मर्मतसम्भान नभएका सवारी साधनको सञ्चालन, जीर्ण सडक र सडक सुरक्षामा सावधानी नअपनाउँदा पाकिस्तानमा हरेकदिनजसो घातक सडक दुर्घटना हुने गरेका छन् ।