बाबुलाई खुकुरी र छिमेकीलाई बन्चरो हानेर मार्ने कैदीहरुलाई गणतन्त्र दिवसको उपहार

0
Shares

काभ्रे । 

आफ्नै बुबालाई खुकुरी प्रहार गरी हत्या गर्ने काभ्रेपलाञ्चोक जिल्ला साविक बुढाखानी गाविस ५ हाल महाभारत गाउँपालिका ४ का २६ बर्षिय चित्रबहादुर भन्ने सन्दिप तुम्सिङ्क मगरले ५२ प्रतिशत र छिमेकी महिलालाई बन्चरो प्रहार गरी हत्या गर्ने माझिफेदा ८ गाविस हाल चौरीदेउराली गाउँपालिका वडा नम्वर ३ घर भएका युवक रेशम तामाङ पाख्रिन गणतन्त्र दिवसको अवसरमा ४१ प्रतिशत कैद अवधी भुक्तान गरेका आधारमा छुटेका छन् ।

मगर र पाख्रिन सहित जिल्ला कारागार कार्यालय काभ्रेमा कैद भुक्तान गरिरहेका १० जना कैदीहरु गणतन्त्र दिवसको अवसरमा छुटेका छन् । चालु आर्थिक वर्षमा संविधान दिवसको अवसरमा ११ जना र प्रजातन्त्र दिवसको अवसरमा ६ जना गरी २६ जना छुटिसकेका छन् । कारागारमा सोमबारसम्म २ सय २७ जना थुनुवा र कैदी कैद भुक्तान गरिरहेका छन् ।नेपाल सरकारले यहि वर्ष देखि ४० प्रतिशत कैद भुक्तान गरेका कैदीहरुको कैद भुक्तान गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णयले काभ्रेपलाञ्चोक जिल्ला कारागार कार्यालयमा कैद भुक्तान गरिरहेका कर्तब्य ज्यान मुद्दाका रेशम तामाङ, कर्तब्य ज्यान मुद्दा र जर्बजस्ति चोरी अभियोगका चौरीदेउराली गाउँपालिका चौबास ६ काभ्रेका हर्कबहादुर तामाङ र कतब्र्य ज्यान मुद्दामै कैद भोगिरहेका अर्जुन खत्री भन्ने धनबहादुर खत्री रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरिसकेका मानसिक रोगी ७० बर्षिय लमजुङका कान्तविलास देवकोटा, सिन्धुपाल्चोक ठोकर्पाका राजेन्द्र खड्का र ओखालढुंगाका सिताराम भन्ने टेकबहादुर सार्की रहेका छन् । रोशी गाउँपालिका ४ कामीटोलका सविन भन्ने टेकबहादुर रपाल, पनौती ४ का अनिल तामाङ छन् । बहुविवाह, सवारी ज्यान लगायतका मुद्दामा आधा सजायँ भुक्तान गरेका कैदीहरुलाई सरकारले अवसर पारी कैद माफि दिदै आएको छ ।

जिल्ला कारागार कार्यालय काभ्रेमा ३३ जना कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका छन् भने खुन डाँका मुद्दामा १७, जर्बजस्ति करणी अभियोगमा ९०, ज्यान मार्ने उद्योगमा ९, लागु औषध मा ११, चोरीमा ११, सवारी ज्यान अंगभङ्गमा १९, मानव अपरण तथा शरीर बन्धक ४, सरकारी छाप किर्ते तथा ठगीमा ४, मानव बेचविखन तथा जिउ मास्ने बेच्नेमा २, बहुविवाह ६, हातहतियार तथा खरखजनामा १, अप्राकृतिक बाल यौन दुराचारमा ५, बैकिङ्ग कसुरमा ५, कुटपिट अङ्गभङ्गमा २, जर्बजस्ति करणी उद्योगमा ४, लेनदेन विगोमा १, मानव अंग प्रत्यारोपण संगठित अपराधमा ३ जना गरी २ सय २७ जना कारागारमा छन् ।