गाँजाको धुलो र धुलो बनाउँने मेसिन सहित बागलुङबाट एक जना पक्राउ

0
Shares

बागलुङ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलो सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरी प्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसीन सहित आज विहान पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन भित्रबाट बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने धुलो र मेसिन फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।