पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतको शल्यक्रिया सफल

0
Shares

भक्तपुर । पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता महेश बस्नेतको शल्यक्रिया सफल भएको छ । भक्तपुरको दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नेता बस्नेतको पित्तथैलीको सफल शल्यक्रिया भएको उक्त केन्द्रले जनाएको छ ।

चिकित्सकको सल्लाहअनुसार अहिले नेता बस्नेत आराम गरिरहेका छन् । केही दिनसम्म आराम गर्नुपर्ने सल्लाहअनुसार नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम पनि बन्द गरिएको छ ।

बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो शल्यक्रिया सफल भएको जानकारी गराउँदै सबैलाई धन्यवाद दिएका छन् । उनको पित्तथैलीमा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियाे ।