छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

0
Shares

काठमाडौं।

लम्जुङ, उदयपुर र दाङमा भएको सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित सडकमा ना.८ ख ८२९७ नम्बरको ट्रक सोमबार बिहान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक हाल वतन नखुलेका ३५ वर्षीय सुदिप घलान सहित ४ जना छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका–४ नारायण चोकमा लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय वलु गिरी रहेका छन् । उनको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

लमजुङको मध्यनेपाल नगरपालिका–७ सितिखोलास्थित सडकमा बा.४ ख ७७८१ नम्बरको टिपर आइतबार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक धादिङ गजुरी गाउँपालिका–६ घर भएका २७ वर्षीय आकाश घिमिरे समेत ४ जना रहेका छन् ।