रेसुंगाका अध्यक्ष आफैं बेल्चा बोकेर सडकमा

0
Shares

गुल्मी । 

गुल्मी जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्षले बेल्चा लिएर सडकका खाल्डा पुर्न उत्रिएका छन् । जिल्ला सदरमुकाम तम्घासको गुल्मी अस्पताल नजिकै रहेको सडकमा परेका खाल्डा पुर्न वडाध्यक्ष निरञ्जन काउछा आफैं गएका हुन् ।

अस्पतालमा पुग्ने सर्वसाधारणलाई सडकमा खाल्डा परेपछि सास्ती हुने गरेको तथा बजारमा किलमेल गर्न आउ–जाउ गर्नेलाई निकै सास्ती हुँदै आएको थाहा पाएपछि शुक्रबार उनी आफैं बेल्चा बोकेर खाल्टो पुर्न गएको थिए । काउछाले वडाभित्रका अन्य भत्केका सडक पनि मर्मत गरिने बताउनुभएको छ ।

अस्पताल नजिकै रहेको जोखिमयुक्त खाल्डाहरु तत्कालका लागि भए पनि पुर्ने काम गरेको उहाँ बताउनुहुन्छ । पछि दीर्धकालीन रूपमा यसको समाधान खोजिने काउछाको भनाइ छ ।अस्पताल नजिकै रहेको नालीबाट वर्षात्को भेलको पानी नगएपछि सडकबाट जाने गरेकाले जोखिम बढ्दै गएको हो ।