सुन लिई भाग्ने प्रहरीको फन्दामा


बुटवल । 

रूपन्देहीको सैनामैनाबाट एक वृद्धलाई फलाम दिई हातमा लगाएको सुनका गहना लिई फरार हुने दुई जना रूपन्देहीकै कञ्चन गाउँपालिकाबाट पक्राउ परेका छन् ।

हेर्दा सुनजस्तो देखिने रंग लगाएको सुनौलो रंगका ९ वटा फलामको ढिक्का दिएर बुटवल–१७ की ४० वर्षीया धन सोमैको साथबाट हातमा लगाउने ब्रासलेट (सुनको चेन) लिएर फरार भएकालाई प्रहरीले बताएको छ । पक्रउ पर्नेमा रूपन्देहीको गैडहवा गाउँपालिका–९ धुसवाका ३७ वर्षीय काके उपनामका धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ घर भई रूपन्देहीको कञ्चन–१ हात्तीबजार बस्ने ३७ वर्षीय कोनविन भनिने देवबहादुर मगरलाई प्रहरीले शनिबार कञ्चनको हात्तीबजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता नवरत्न पौडेलले बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभिन्न कम्पनीका ४ सेट मोबाइल, गोल्डेन रंगसहितको १ थान बट्टा, पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्ट सुनको डल्ला बरामद गरिएको प्रवक्ता उहाँको भनाय छ । पुरानो बाँकी पैसा दिने बहाना बनाएर यही जेठको ५ गते सैनामैना १० शितलापुरस्थित एक होटलमा बुटवल उपमहानगरपालिका–१७ की सोमैलाई बोलाई पक्राउ परेका उनीहरुले त्यसै बेला सोमैलाई झुक्याएर सुनजस्तो देखिने ९ थान फलामको ढिक्का दिएर हातमा लगाएको सुनको ब्रासलेट (चेन) लिएर फरार भएका थिए ।

ठगी गरेर फरार रहेका व्यक्तिहरु कञ्चनको हात्तीबजारमा छन् भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुउपर ठगीसम्बन्धी कसूरमा रूपन्देही जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।