![](https://newsofnepal.com/wp-content/uploads/2022/05/281557046_2299028123571217_6988243413194975558_n.jpg)
भक्तपुर ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकतम प्रतिद्वन्दी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।
उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । कांग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् ।