रौतहटको तीन पालिकाको मत परिणाम सार्वजनिक



रौतहट ।

रौतहटको मतगणना हुदै गरेको पालिकाका नतिजा सार्वजनिक हुँदै गएको छ । रौतहटको अरु दुई पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

जसमध्ये रौतहटको परोहा नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका शेष वकिलले ६ हजार ८ सय २३ मत र उपप्रमुखमा सुगन्धि गिरीले ६ हजार १ सय ६५ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धि नेकपा माओबादी केन्द्रका अरुण जैयसवालले ४ हजार ५ सय ८१ र उपप्रमुखमा माओबादी केन्द्रकै बीणा कुमारीले ४ हजार ३ सय ४५ मत प्राप्त गर्नु भएको छ ।

यस्तै राजदेबी नगरपालिकाको प्रमुख पदमा नेकपा एकिकृत समाजबादीका भिखारी राय यादबले ५ हजार १ सय र उपप्रमुख पदमा समाजबादीकै राज कुमारी साहले ५ हजार ८ सय ४० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाको निकटततम प्रतिद्धन्द्धिमा यस अघि प्रमुख रहनु भएका नेपाली कांग्रेसका उम्मेदबार धीरेन्द्र सिहले ३ हजार ५ सय २४ मत र अर्चना यादबले ३ हजार १ सय ४९ मत प्राप्त गर्नु भएको हो । यस अघि दुर्गा भगबती गाउपालिकाको प्रमुख पदमा नेकपा माओवादीका शम्भु सिहले १ हजार २ सय २२ फराकिलो मतान्तरले विजयी हुनु भएको छ । उहाँले ४ हजार २ सय ४ मत प्राप्त गरी विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका अरुण साहले २ हजार ९ सय ८२ मत प्राप्त गर्नु भएको हो । यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शीला देबीले ३ सय २२ मत अन्तरले विजयी हुनुभएको छ । उहाँले २ हजार ६ सय ७९ मतले विजयी हुनु भएको छ भने उहाँको प्रतिद्धन्द्धि नेपाली कांग्रेसका मन्जु देबीले २ हजार ३ सय ५७ मत प्राप्त गर्नु भएको हो ।

रौतहट ४ जेष्ठ । रौतहटमा रध्द भएको ६ पालिकाको वडाको निर्वाचन आज हुँदैछ । निर्वाचन कार्यालयले जनाएअुनसार रौतहटको गरुडा नगरपालिकाको वडानम्बर– १, गढीमाई नगरपालिकाको वडानम्बर– ४, देवाही गोनाही नगरपालिकाको वडानम्बर– २, फतुवा विजयपुरको वडानम्बर– ४, बौधीमाई नगरपालिकाको वडानम्बर– ८ र यमुनामाई गाउँपालिकाको वडानम्बर– ५ मा आज मतदान हुदैछ ।

गत बैशाख ३० गते सो क्षेत्रमा मतदान हुदा मतपेटिका तोडफोड, लुटपाट, आगजनी, लगायतका घटना भएपछि रध्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्