बालेन : जुन मतपेटिका खोले पनि लौरोमा एकछापे !



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ ।

पछिल्लो मतगणनाअनुसार स्वतन्त्र उमेदवार बालेन शाहको फराकिलो अग्रता कायमै राखेका छ ।

उनले १२ हजार १३१ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार केशव स्थापितले ६ हजार ४६६ मत प्राप्त गरेका छन् ।

एक गणकका अनुसार जुन मतपेटिका खोले पनि बालेनको चुनाव चिन्ह लौरोमा एकछापे स्वस्तिक छाप देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्