प्रचण्डको निर्वाचन क्षेत्रमा एमाले विजयी



चितवन ।
चितवनको माडी नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । एमालेले माडीमा गठबन्धनका उम्मेदवारलाई हराएर मेयर जितेको हो । मेयरमा एमालेका तारा कुमारी काजी महतो ९ हजार ९०१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका ऋषि राम काफ्लेले ७ हजार ७२९ मत ल्याएका छन् ।

उप मेयरमा नेपाली काँग्रेसका खेमप्रसाद महताेले ६८३० मतसहित निर्वाचित भएका छन् । राप्रपाका मदनप्रसाद पाैडेल ५१४० मत मात्र ल्याए । माडीमा पाँच दलीय गठबन्धन र एमाले–राप्रपाबीच प्रतिस्पर्धा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्