काठमाडौं महानगर उपमेयर : एमालेकी उम्मेदवार डंगोललाई ८ हजार २ सयभन्दा बढी मतान्तरको अग्रता



काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी छ । अहिलेसम्म ३० हजार ९८१ मतगणना गरिएको छ ।

पछिल्लो अद्यावधिक विवरणअनुसार उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवा सुनीता डंगोलको ११ हजार ६९४ मतसहित अग्रता कायमै छ । उनी गणनामा सुरुवातदेखि नै अगाडि छन् ।

सत्ता गठबन्धनका साझा तथा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठ ३ हजार ४४२ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्