राप्रपाबाट अनवरत धुलिखेलको वडा अध्यक्ष–रोमी प्रसाद व्याञ्जू

0
Shares

धुलिखेल । 

धुलिखेल नगरपालिकामा हसिलो र मिजासिलो स्वभावका शिक्षासेवी, समाजसेवी, राजनीतिक व्यक्ति रोमी प्रसाद व्याञ्जू श्रेष्ठले यसपटकको स्थानिय निर्वाचनमा पनि धुलिखेल नगरपालिका वडा नं ७ बाट भारी मतले बिजय हासिल गर्नुभएको छ ।

सादा जीवन उच्च बिचारका धनी ब्याजूले २०७४ सालमा झै यस पटक पनि राष्ट्रिय प्रजातन्त्रपाटीबाटै धुलिखेल वडा नं ७ को कुल खसेको मत १ हजार ८ सय ४९ मत मध्ये ८ सय ५७ मतले वडा अध्यक्ष पदमा बिजय हासिल गर्नुभयो । विद्यार्थी जीवनमा अखिलको राजनीति गर्नुभएका व्याञ्जु २०४६ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही धुलिखेलको वडा २ बाट वडा अध्यक्षको राजनीति शुरु गर्नुभै २०५४ साल सम्म निर्वाचित वडा अध्यक्ष भै काम गर्नुभयो भने २०६१ सालमा राप्रपाबाट मनोनित वडाअध्यक्ष भएर काम गर्नुभयो ।

धुलिखेलका वासिन्दाका लागि रोमिप्रसाद व्याञ्जू पर्यायवाची शब्द जस्तै भएको छ । धुलिखेल एउटा धार्मिक, सांस्कृतिक र पर्यटकीय नगर त्यसमा पनि नेवारी समुदायको वचस्व रहेको पुरानो बस्ती अर्थात साविक धुलिखेल नगरपालिका वडा नं १,२,३ समेतलाई मर्च गरि २०७४ को स्थानिय निर्वाचन देखि ती क्षेत्रलाई वडा नं ७ बनाईएको छ । २०७४ सालमा पनि व्याञ्जुले नै वडा अध्यक्ष पदमा जित्नुभएको थियो । यो बस्तीमा परम्परागत धर्म, संस्कृतिको जगेर्नाका लागि तथा धुलिखेलको पौराणीकतालाई कायम राख्न व्याञ्जुले खेल्नुभएको भूमिका प्रति वडा वासिले सधै साथ दिँदै आएका छन् ।

नागरिकको भावनाको कदर गर्ने र हरेक घरका सदस्यको दुःख, सुखमा प्रत्यक्ष सहभागी हुने स्वभावका व्याञ्जुले राजनीतिबाट विश्राम लिन खोजे पनि यहाँका नागरिकले नछोड्नु उहाँको कार्यक्षमता नै हो । बच्चा देखि बुढा सम्मको रोमीसर सबैसँग उत्तिकै मिलनसार हुनुनै उहाँको विशेषता र अनवरत जित हासिल गर्न सफल हुनु प्रमुख कारण हो ।उहाँ हरेक नागरिकसँग सहकार्य गरेर काम गर्दा नगरको बिकास र प्रतिफल सकारात्मक आउने कुरामा विश्वास गर्नुहुन्छ । आफुले नागरिकका कामका लागि कागजमा मात्र सिमित नभै प्रत्यक्ष फिल्डमै उत्रेर सही र गलत छुट्याउँने क्षमता राख्ने भएकै कारण फेरि पनि नागरिकले विश्वास गरेर जिम्मेवारी दिएका छन्, दायित्व पुरा गर्न पछि हट्दिन्न भन्नुहुन्छ ।

आफुले २०४६ साल देखि अनवरत रुपमा स्थानिय निकायको जिम्मेवारी लिएर काम गर्दै आएकाले जनतासँगै काम गर्दा खुशी लाग्ने बताउँनुहुन्छ । नागरिक र जनप्रतिनिध भनेका एक आपसमा नङ र मासु जस्तै हुन सक्नुपर्छ । चुनावी अवधिमा राजनीतिक दल हुन्छ तर पदको जिम्मेवारी पाईसकेपछि तेरो र मेरो हैन सबै वडाबासी समान हुन र सबैको साथ लिएर काम गर्नुपर्छ । यसरी काम गरे धुलिखेल मात्र हैन देशलाई नै नमूना बनाउँन सकिन्छ ।

यस्तै मूल मन्त्र लिएर चुनावी मैदानमा उत्रनुभएका व्याञ्जुलाई यसपटक पनि जनताले भरपुर साथ दिए । धुलिखेलका वासिन्दालाई रोमीको नाम नै काफी छ । नागरिकको चाहना अनुरुप काम गर्न सक्ने नेतालाई सधै हाई हाई, नागरिकको दुःख सुखमा साथ नदिने, नातावाद, पार्टीगत तेरो र मेरो भन्ने नेतालाई वाई वाई गर्न सक्छन भन्ने उदाहरण अनवरत वडा अध्यक्षको जिम्मेवारी पाउँदै आउँनुभएका व्याञ्जु हुनुहुन्छ ।