कर्णाली प्रदेशको ३८ पालिकाको मतपरिणाम सार्वजनिक : पहिलो माओवादी, दोस्रो कांग्रेस, तेस्रो एमाले

0
Shares

काठमाडौं । कर्णाली प्रदेशका ३८ पालिकाको मतपरिणाम अद्यावधिक भएको छ । अद्यावधिक भएका पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले पहिलो स्थानमा छ भने नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रोमा छ ।

३८ पालिकामध्ये माओवादी केन्द्रले १९ र कांग्रेसले १८ वटा पालिकामा विजय हासिल गरेको छ । एमालेले ५, नेकपा (एकीकृत समाजवादी)ले ३ पालिकामा विजय हासिल गरेको छ । २ पालिकामा भने स्वतन्त्र प्रत्यासी विजयी भएका छन् ।

कर्णाली प्रदेशमा ७९ पालिका छन् ।