पाँचथरको मिक्लाजुङ अध्यक्षमा मा‌‌ओवादीका अमर विजयी



काठमाडौं ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार नरेन्द्र बस्‍नेत पराजित गरेका हुन् ।

बस्‍नेतले ४ हजार २६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जनाएको छ । उनीहरूबीचको मतान्तर २ हजार ३९ हो ।यसअघि २०७४ सालमा पनि माखिम मा‌ओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भए । त्यतिबेला उनले नेपाली कांग्रेसका खड्गसुन्दर लावतीलाई पराजित गरेका थिए ।

माखिमले पाएका सेवा सुविधाले अपाङ्‍गता भएका र विपन्‍न बालबालिकालाई पठनपाठनमा सहयोग गरेका थिए । सवारी साधन नकिनेको, किसानहरूलाई प्रोत्साहन गरेको, सेवा प्रवाह चुस्त बनाएको भन्दै उनले वावाही पाउका थिए । उनै माखिम दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि गठबन्धनकै तर्फबाट का‌ंग्रेसका सन्तोषकुमार सेर्मा निर्वाचित भएका छन् । उनले ५ हजार ५ सय ४२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनमाया सारुले ३ हजार ३ सय ७२ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्