एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल गठबन्धन : शंकर पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनको प्रयास पूर्ण रुपमा असफल पारिदिएको बताएका छन् । तर, अपेक्षा गरेजस्तो परिणाम भने प्राप्त नभएको बताए ।

दलीय प्रतिस्पर्धा भएको भए देशमा एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित हुने जनमतले प्रकट गरेको उनको तर्क छ । निर्वाचनको प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ गरेको आरोप पनि महासचिव पोखरेलले लगाए । परिणाम आएपछि एमालेले टिप्पणी नगरेको रुपमा चर्चा भएको भन्दै उनले त्यसको खण्डन गरे ।

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेको म‌ंगलबार आयोजित मदन-आश्रित स्मृति दिवसमा भने। उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेको पनि आरोप लगाए ।