लमजुङको बेसीशहर नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

0
Shares

लमजुङ ।

लमजुङको बेसीशहर नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा पुन गुमानसिंह अर्याल विजय हुनुभएको छ ।

उपप्रमुखमा पद्मा गुरुङ विजयी हुनुभएको छ । अर्यालले ९ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नगरपालिकाको उपप्रमुखमा एमालेका पदमा गुरुङ विजयी हुनुभएको छ । उहाँले ८ हजार ७ सय १४ मत प्राप्त गर्नुभएको छ । गठबन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार हरिजङ तामाङ ४ हजार ६ सय ९९ मत प्राप्त गरि उपाध्यक्षमा पराजित हुनुभएको छ । नगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार जीवन कुमार श्रेष्ठले १ हजार ६ सय १५ मत प्राप्त गर्नुभएको छ ।

बेसीशहर नगरपालिकाको ११ वडामध्ये वडा नं १, २, ५, ७ , ८, १०, ११ मा एमाले विजयी भएको छ भने वडा नं ९ र ४ मा कांग्रेसले जितेको छ। यस्तै वडा नम्बर ३ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।