इलामको चुलाचुलीमा गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


इलाम ।

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार ओम नारायण खनाललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

केरुङले ६ हजार ६५० मत पाउँदा खनालले ३ हजार ७५५ मात्रै मत पाएका छन् । यसअघि चुचालुली गाउँपालिकामा एमालेको नेतृत्व थियो ।उनै केरुङलाई हराउँदै एमालेका प्रदिपचन्द्र राई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छिन् ।

उनले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका सुक बहादुर लावतीलाई पराजित गरेकी हुन् । लिम्बुले ४ हजार ४५० मत पाएकी छिन भने लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।