खोटाङ ।
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्षमा निर्वाचित लोकेन्द्रले २८०३ मत पाएका छन्, भने नइन्द्रले २१६२ मत पाएका छन् भने माओवादीका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले २०९३ मत पाएका छन् ।
उपाध्यक्षमा एमालेकी उम्मेदवार अरुणा थापामगर विजयी भएकी छन् । थापामगरले २७३३, कांग्रेसेकी उम्मेदवार रमा कटुवालले २३१२ मत र माओवादीकी नैनकुमारी खत्रीले १७०६ मत ल्याएका छन् ।
प्रतिक्रिया