म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

0
Shares

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का प्रत्यासी श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका प्रत्यासी मायादेवी रानालाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् ।

एमालेका प्रत्यासी श्रेष्ठ चार हजार नौ सय ५० मत प्राप्त गर्दै गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी रानाले चार हजार २३२ मत प्राप्त गरि पाजित भएकी हुन् ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरि पराजित भएकी हुन् । घिमिरे दोस्रो. कार्यकालका लागि उपाध्यक्षमा पुनः दोहोरिएका छन् ।

उक्त गाउँपालिकामा कूल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ एमाले तनहुँका अध्यक्ष समेत हुन् । अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । म्याग्देमा कांग्रेसले ४ वडा र एमालेले ३ वडामा विजय हासिल गरेको छ । म्याग्दे २, ४, ५ र ६ मा कांग्रेसले विजय हासिल गरेको छ भने १, ३ र ७ वडामा एमाले विजयी भएको छ ।